२० बर्षीया एक महिलालाई जबरजस्ती करणी उद्योग गर्ने अभियोगमा पर्सा प्रहरीले सुरेन्द्र उर्फ अब्दुल्लाह अन्सारी भन्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले दिएको घटना बिबरण अनुसार आषाढ ७ गते राति अन्दाजी १२:०० बजे जिल्ला पर्सा पटेर्वा सुगौली गा.पा.वडा नं.१ बस्ने बर्ष २५ को सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारीले पीडित महिलाको श्रीमान कामको सिलसिलामा घर बाहिर रहेको मौका छोपी सुत्ने कोठाको झ्यालबाट प्रवेश गर्नुका साथै आपराधिक बल प्रयोग गरी जबरजस्ती करणी गर्ने उद्योग गरेको अभियोगमा पक्राउ परेका हुन् ।
पीडितको जाहेरी दरखास्तको आधारमा निज सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारीलाई आषाढ ०९ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।