सोमालियाको राजधानीको एक होटलमा विस्फोट भएको बताइएको छ । सूचनाका अनुसार एउटा आतङ्कवादी सङ्गठनले आक्रमणको जिम्मेवारी लिएको छ ।
सोमालियाको राजधानीको एक होटलमा विस्फोट र गोली चलेको थियो । सोमाली लडाकु समूह अल-सबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।
अल-शबाबले आफ्नो टेलिग्राम च्यानलमा आफ्ना लडाकुहरू मोगादिशुको कडा सुरक्षामा रहेको राष्ट्रपति दरबार नजिकै रहेको एसवाईएल होटलमा प्रवेश गर्न सफल भएको बताएको छ ।
त्यो होटल सरकारी अधिकारीहरूद्वारा संरक्षित छ । घटनामा कति जना घाइते भएका छन् भन्ने अझै स्पष्ट हुन सकेको छैन ।