You are currently viewing अपमान बिरुद्ध मधेशी आयोग द्वारा कारवाहीको माग

अपमान बिरुद्ध मधेशी आयोग द्वारा कारवाहीको माग

नेभा, १५ मार्ग

सुकुम्बासीहरुले जग्गा सम्बन्धी बालेन शाह द्वारा सुरु गरिएको महानगरको कार्यको विरोध गरिरहेको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई अपमानजनक शब्द प्रयोग गरेकोमा मधेशी आयोगले त्यसको बिरोध गरेको छ ।

बिहिबार एउटा भिडियोमा थापाथली स्थित सुकुम्बासी जग्गा सम्बन्धी महानगरको कार्यको विरोध गरीरहेको क्रममा सामाजिक सञ्जालमा एकजना व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई धोती, मधेशी, भिखारी जस्ता अपमानजनक शब्दहरुको प्रयोग गरी सामाजिक सदभाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको हुनाले निजलाई कडा भन्दा कडा कारवाही गर्न गृहमन्त्रालय लाई आयोगका उपसचिव सविता डंगोलद्वारा जारी विज्ञप्ति मार्फत माग गरिएको छ ।

Leave a Reply