जिल्ला, सर्लाही ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ५ स्थित चेकिङमा खटिएको प्रहरी टोलीले प्र.२-०३-००७ प ८४०७ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा दुईजनालाई पक्राउ गरेको छ ।
चेकजाँच गर्दा २ वटा जुटको बोरामा लागूऔषध ONEREX -100ml को ५९२ बोतल, SPASMO PROXYVON PLUS लेखिएको-90 पतामा २,१६० पिस TABLET र NITRAVET 10 लेखिएको 100 पतामा ३,००० पिस TABLET फेला परेको थियो ।
उक्त लागूऔषध, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी ४० वर्षको बैजु महरा र सोहि मोटरसाइकल पछाडी सवार उक्त नगरपालिकाको वडा नम्बर ३ बस्ने अन्दाजी ३६ वर्षको मदन बहादुर घिसिङ्ग समेतलाई नियन्त्रणमा लिइएको छ ।
निजहरुको साथबाट रु. १ लाख ५ हजार ८ सय १५ रुपैयाँ समेत बरामद गरी थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।