अमेरिकामा गोलीबारीका घटना रोकिने नाम लिइरहेका छैनन्, एकपछि अर्को गर्दै गोलीबारी भइरहेका छन् । यसबाट अहिलेसम्म धेरैले ज्यान गुमाएका छन् । पछिल्लो घटनामा, एक आक्रमणकारीले फ्लोरिडाको एक स्टोरमा अश्वेत मानिसहरूलाई लक्षित गर्दै गोली चलाएको छ । यो घटना शनिबार अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलको एउटा स्टोरमा भएको हो ।
यहाँ एक व्यक्तिले तीन अश्वेत व्यक्तिलाई गोली हानेर हत्या गरे र आफैलाई गोली हानेर आत्महत्या गरे । घटनापछि पूरै क्षेत्रमा हलचल मच्चिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रहरी टीके वाटर्सले पत्रकार सम्मेलनमा भने, “उ (आक्रमणकारी) काला मानिसहरूलाई घृणा गर्थ्यो । आक्रमणकारी ठूलो समूहको हिस्सा भएको कुनै प्रमाण छैन ।” वाटर्सले भने कि आक्रमणकारीले डलर जनरल स्टोरमा आक्रमण गर्न ह्यान्डगन र एआर-१५ सेमी-अटोमेटिक राइफल प्रयोग गरेको थियो ।