You are currently viewing ११ किलो भन्दा बढी गाँजा सहित ३ जना पक्राउ

११ किलो भन्दा बढी गाँजा सहित ३ जना पक्राउ

नेभा, उदयपुर, १३ पुस,

जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका वडा नम्बर  ८ सेती खोला नजिकबाट ११ किलो ८२० ग्राम गाँजा सहित तीनजना व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।

वेलका नगरपालिका वडा नम्बर ८ बस्ने ४० वर्षको मुगालाल राई, सोहि ठाउँमा बस्ने २१ वर्षको सुवास राई र जिल्ला सुनसरी बराहा नगरपालिका वडा नम्बर ६ तित्रीगाछी घर भई हाल बेलका नगरपालिका वडा नम्बर ८ सेती खोला बस्ने ४१ वर्षको शंकर माझीलाई पक्राउ गरिएको छ ।

निजहरुलाई पक्राउ गरी उदयपुर जिल्ला अदालतबाट दिन १० म्याद थप भई थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply