विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले एक करोड भन्दा बढीको सामानहरु लोड रहेको ट्रकहरूलाई नियन्त्रणमा लिएको छ ।
असार २३ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ I.C.P गेट स्थित सडकखण्डबाट ना.६ ख ४०५८ र ना.३ ख १८७ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रण लिएको थियो ।
उक्त ट्रकहरुबाट अन्दाजी मूल्य रू. १ करोड ८९ लाख ५० हजार ६ सय २२ रुपैयाँ बराबरको हार्डवेयर तथा मोटरपार्टसका सामानहरू बरामद भएको थियो । ट्रकहरु सहित उक्त सामानहरुलाई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।