You are currently viewing विभिन्न मुद्दाको ७७ जना फरार प्रतिवादीहरु प्रहरीको नियन्त्रणमा

विभिन्न मुद्दाको ७७ जना फरार प्रतिवादीहरु प्रहरीको नियन्त्रणमा

नेभा, कास्की, २ माघ,

पौष १ गते देखी पौष २९ गतेसम्म जिल्ला प्रहरी कार्यालय, कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ७७ जना प्रतिवादीहरु फरार रहेका थिए ।

चेक अनादार मुद्दामा ४४ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ३ जना, जालसाझी मुद्दामा ३ जना, लागूऔषध मुद्दामा १३ जना, अभद्र व्यवहार मुद्दामा १ जना, झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्दामा १ जना, जुवातास मुद्दामा ३ जना, केही सार्वजनिक अपराध मुद्दामा १ जना, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्दामा २ जना, ज्यान सम्बन्धी मुद्दामा १ जना, सवारी ज्यान मुद्दामा १ जना, गैर कानूनी कारोवार सम्बन्धी मुद्दामा १ जना, अपुतालि हक कायम सम्बन्धी मुद्दामा १ जना र लेनदेन (बिगो सम्बन्धी) मुद्दामा २ जना गरि कुल ७७ जना प्रतिवादीहरुलाई प्रहरीहरुले नियन्त्रणमा लिएको छन् ।

उक्त प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाईएको छ । निजहरुबाट १६ वर्ष २ महिना १४ दिन कैद सजाय र रु. ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना भुक्तानको लागि अदालतमा उपस्थित गराईएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

Leave a Reply