जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ मा स्थीत भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा ल्याइएको पेट्रोल अटोको पार्टपुर्जालाई बरामद गरेको छ ।
गस्ति गर्ने क्रममा बेवारिसे अबस्थामा थुपारी राखेको बिभिन्न कम्पनिका पेट्रोल अटोका पार्टपुर्जाहरु अन्दाजी मुल्य रू. २ लाख १९ हजार बराबरको सामान फेला पर्दा बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय, बाँके पठाईएको खबर जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।