नेभा, ९ माघ,
२२औं सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालयले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. सुबोधकुमार गुप्तालाई कदर पत्रद्वारा सम्मान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दीवास, महोत्तरीले एक कार्यक्रमको आयोजना गरी वाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले निस्वार्थ भावनाले गरेको सहयोगको कदर गर्दै सम्मान गर्नु भएको हो ।

