You are currently viewing श्रीलंकामा आर्थिक मन्दीपछि अब बाढीबाट ६ सयभन्दा बढी परिवार प्रभावित

श्रीलंकामा आर्थिक मन्दीपछि अब बाढीबाट ६ सयभन्दा बढी परिवार प्रभावित

नेभा, ४ जेष्ठ,

गहिरो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले अब आकाशीय विपत्तिको सामना गरिरहेको छ । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार देशमा भारी वर्षाका कारण पहिरो र बाढीबाट 600 भन्दा बढी परिवार प्रभावित भएको जनाएको छ ।

दक्षिणी जिल्लाको रत्नपुरामा ५ सय ८५ परिवारका २ हजार २ सय ९० र पश्चिमाञ्चलको कालुतारा जिल्लाका १६ परिवार सास्तीमा परेका छन् । बाढी र पहिरोका कारण धेरै घरमा ठूलो क्षति पुगेको छ ।

श्रीलंकामा आर्थिक संकट र श्रीलंका सरकारको मनोवृत्तिका कारण पछिल्लो समय श्रीलंकामा जनताले हिंसाको सहारा लिएका छन् भने राजनीतिक संकट पनि गहिरिँदै गएको देखिन्छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति गोताबाया राजापाक्षेको आग्रहपछि प्रधानमन्त्री महिन्दाले यस्तो निर्णय गरेका हुन् । संकटकालपछि गहिरो आर्थिक संकटका कारण उनलाई राजीनामा दिन आग्रह गरिएको थियो ।

Leave a Reply