You are currently viewing बंगलादेशमा मनसुनी वर्षाले ल्यायो विनाश, ६० लाख मानिस प्रभावित

बंगलादेशमा मनसुनी वर्षाले ल्यायो विनाश, ६० लाख मानिस प्रभावित

नेभा, ५ आषाढ,

बंगलादेश र भारतको सीमावर्ती राज्य मेघालय र आसाममा मनसुन वर्षाले समस्या भएको छ । लगातारको वर्षाले बंगलादेशमा बाढी जस्तो अवस्था सिर्जना गरेको छ, जसबाट ६० लाख मानिस प्रभावित भएका छन् । यस प्राकृतिक प्रकोपका कारण देशले सहयोग, राहत र उद्धारका लागि सेना बोलाएको छ । सरकारी अनुमान अनुसार घरमा पानी पसेका कारण करिब ६० लाख मानिस बाढीबाट प्रभावित भएका छन् ।

देशको उत्तरपूर्वी र उत्तरी क्षेत्रका नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि धेरै मानिस अस्थायी शिविरमा बसिरहेका छन् । ‘देशका चार ठूला नदीहरू मध्ये दुईमा पानीको सतह खतराको चिन्हभन्दा धेरै माथि छ र अवस्था लगभग २००४ को बाढी जस्तै छ,’ बाढी पूर्वानुमान तथा चेतावनी केन्द्र (FFWC) का प्रवक्ताले भने ।

सुनमगन्जमा बाढी आएपछि कयौंलाई घरको छतमा शरण लिनुपरेको भए पनि पछि डुङ्गाको सहायताले बाहिर निकालिएको थियो । बाढीका कारण कति जनाको मृत्यु भयो भन्ने आधिकारिक तथ्यांक भने छैन । अनौपचारिक तथ्याङ्क अनुसार देशमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

FFWC ले बाढीको श्रेय मेघालय र बंगलादेशको उच्च भेगमा लगातार वर्षाको कारण दिएको छ । बाढीको पानीले धेरै पावर हाउस भरेका कारण प्रशासनले ती विद्युत केन्द्र बन्द गर्नुपरेको थियो । जसका कारण इन्टरनेट र मोबाइल फोन सेवा ठप्प भएको छ । यसअघि बंगलादेशले प्रशासनलाई सहयोग गर्न सेना बोलाएको थियो ।

Leave a Reply