पौष १० गते भारत मोतिहारी जिल्ला, छौडादानो पञ्चायत, तिनकुनि बस्ने अन्दाजी ३२ वर्षको सुजित कुमार सिंह लगायतका व्यक्तिहरु हतियार सहित नेपाल प्रवेश गरेको थिए ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बारा, बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ डम्पिङ्ग साईट नजिक प्रहरीले रोकी नियन्त्रणमा लिने क्रममा प्रहरी माथी गोली प्रहार गरी आक्रमण गर्न खोज्दा जवाफी फायरमा भारत, मोतिहारी बस्ने निज सुजित कुमार सिंहलाई घुडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ ।
निजको साथबाट १ थान घरेलु हतियार, फायर भएको गोलीको खोका १ थान र गोली बरामद भएको जानकारी गराइएको छ ।
उक्त व्यक्ति विगत ५ वर्ष देखि बारा र रौतहटमा घटेका विभिन्न घटनामा गोली हानी हत्या गर्ने सार्प सुटर रहेको तथा निज माथी थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।