गुण्डागर्दी तथा अबैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसर, काठमाडौंको अभियान अन्तर्गत प्रहरीले एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधिहरु गरेको सुचनाको आधारमा जिल्ला, ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौं जिल्लाको महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगर बस्ने २८ वर्षको प्रशान्त पराङदेवा लिम्बुलाई नियन्त्रणमा लिइएको छ ।
लिम्बुलाई नियन्त्रणमा लिई निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल १ थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान, Iphone र Samsung मोबाईल २ थान फेला परेको थियो ।
उक्त कटुवा पेस्तोल लगायतको समान सहित नियन्त्रणमा लिईएको कुरा जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।