उदयपुर र झापाको ३ ओटा छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर ३ जना व्यक्तिहरुको मृत्यु भएको छ । हिजो उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ ओदालेका २६ वर्षीय राजीव कुमार मगर आफ्नै धान बालीमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।
यस्तै हिजो घरमा पंखा जोड्ने क्रममा करेन्ट लागी घाईते भएका पाँचथर घर भई झापाको मेचिनगर नगरपालिका वडा नम्बर १२ स्थितमा बस्दै आएका ३० वर्षीय सन्दिप तुम्बाम्फोको B&C अस्पताल बिर्तामोडमा उपचाको क्रममा मृत्यु भएको छ ।
हिजै राती झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाका ललन साह को १५ वर्षीय छोरा बिशाल साहलाई घरको बराण्डामा रहेको टिनको छानो छुदा करेन्ट लागेर बेहोस भएकोमा प्राथमिक स्वास्थ्य केन्द्र बनियानि पुर्याउन साथ डाक्टरले मृत घोषीत गरेका थिए ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कुरा प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।