You are currently viewing कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सर्लाहीमा कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भाद्र २९, सर्लाही,

 जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–१२ स्थित चमेली माइ मन्दिर नजिकैबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको हो।

भारतको बिहार राज्यअन्तर्गत सितामढी जिल्ला सोनवर्षा बस्ने २८ वर्षीय नवीन कुमारलाई शंकास्पद अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

BR30 AT 8961 नम्बरको २२० सीसी पल्सर मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा शंका लागेपछि प्रहरी चौकी कैलासपीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो। सो क्रममा मोटरसाइकलको ट्याङ्कीमाथि रहेको रातो कपडाको झोला खोली हेर्दा त्यसमा कटुवा पेस्तोल थान–१ र ए.के. गोली राउण्ड–२ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले नवीन कुमारलाई हातहतियारसम्बन्धी कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

बरामद सामग्री:

  • कटुवा पेस्तोल: १ थान
  • ए.के. गोली: २ राउण्ड
  • Redmi कम्पनीको मोबाइल: १ थान
  • Moto G96 5G स्मार्टफोन: १ थान
  • भारतीय BR 30 AT 8961 नम्बरको मोटरसाइकल: १ थान

स्रोत: जिल्ला प्रहरी कार्यालय, सर्लाही।

Leave a Reply