तेह्रथुमको म्याङ्लुङ नगरपालिका वडा नम्बर ६ स्थितमा आफ्नै श्रीमानले धारीलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
४६ वर्षीय दिपक लिम्बूले घरायसी वाद विवादको क्रममा ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्बूलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।
श्रीमतीको हत्या गर्ने दिपक लिम्बूलाई तत्काल जिल्ला प्रहरी कार्यालय, तेह्रथुमबाट खटिएको प्रहरी नायब उपरीक्षक रन्जन कुमार दाहाल सहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
मृतकको लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, तेह्रथुमबाट अन्य थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।