You are currently viewing ‘भुल भुलैया 2’ को रिलिज मिति सार्वजनिक भएको छ

‘भुल भुलैया 2’ को रिलिज मिति सार्वजनिक भएको छ

नेभा, ११ माघ,

सन् २००७ मा रिलिज भएको अक्षय कुमार र विद्या बालन अभिनित चलचित्र ‘भुल भुलैया’ लाई दर्शकले निकै रुचाएका थिए । अब १४ वर्षपछि यो फिल्मको सिक्वेल आउँदैछ ।

यसपटक कार्तिक आर्यन यो फिल्ममा देखिनेछन् । ‘भुल भुलैया २’ मार्च २५ मा हलमा रिलिज हुँदैछ । यस फिल्मको मितिमा कुनै परिवर्तन गरिने छैन । विशेष कुरा के छ भने फिल्म हलमा रिलिज हुन लागेको हो ।

केही समयअघि फिल्मको रिलिज मिति परिवर्तन हुन सक्ने खबर आएको थियो तर फिल्म समीक्षक तरण आदर्शले कार्तिक आर्यन र कियारा आडवाणीको फिल्म होलीपछि मात्रै रिलिज हुने जानकारी दिएका छन् ।

फिल्मलाई अनीस बज्मीले निर्देशन गरेका हुन् । भूषण कुमार र मुराद खेतानी फिल्मका निर्माता हुन् ।

Leave a Reply