परीक्षार्थीहरुलाई चिट चाराउने कार्य गरेकोले बारा जिल्लाको देवताल गाँउपालिका वडा नम्बर ६ बर्वा घर भई कलैया उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको श्री अमर मा. वि. दोहरीमा कार्यरत शिक्षक अन्दाजी ४३ वर्षको सुरेन्द्र प्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ ।
उस्तै जिल्ला, बाराको आदर्शकोतवाल गाँउपालिका वडा नम्बर ३ भटिनिया घर भई बारागढी गाँउपालिका वडा नम्बर १ स्थित रहेको श्री जनता मा. वि. बुधगाईमा गार्डको रुपमा खटिएको अन्दाजी ४५ वर्षको विनोद प्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त शिक्षकले मोबाईल मार्फत चिट चोराउन सहयोग गरेको थियो । भने नक्कली गार्ड बनेर चिट चोराउन सहयोग गरेको थियो ।
उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको कुरा जिल्ला बारा, कलैयाको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनँएका छन् ।