असार ११ गते बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० गोसाई गाउँ स्थित बिनोद जैसवालले संचालन गरेको जेसवाल समिलमा अबैध साल जातको काठ बरामद भएको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलिले गुलाम रसुल बेहनाले ल्याई राखेको ७ फिट लम्बाई ४८ ईन्च गोलाई भएको ७ क्यु फिट अन्दाजी मुल्य रु. ३५ हजार बराबरको साल जातको गोलिया काठ बरामद गरिएको छ ।
बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगंज सब डिभिजन बन कार्यालय, बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।