बिहानको सुरुवात राम्रो भयो भने दिनभर राम्रो बित्छ तर धेरै मानिसहरु ओछ्यानबाट उठ्ने बित्तिकै चिया पिउन थाल्छन् । बासी मुखको चिया पिउनाले शरीरमा रोगहरुको घर बन्न सक्छ, जहाँ दैनिक बासी मुखको पानी पिएर दिनको शुरुवात गर्नुभयो भने तपाईलाई आश्चर्यजनक फाइदा मिल्नेछ । दैनिक बासी मुख पानी पिउनाले पाचन प्रणाली बलियो बनाउँछ र तौल घटाउन पनि प्रभावकारी हुन्छ ।
बासी मुख पानी पिउनु मृगौलाका लागि फाइदाजनक हुन्छ, यसले मिर्गौलाले राम्रोसँग काम गर्छ र मृगौलामा पत्थरी भएमा त्यसबाट पनि छुटकारा पाउन सकिन्छ ।
तौल बढाउन सजिलो छ तर यसलाई घटाउन धेरै मिहिनेत गर्नुपर्छ । यदि तपाई पनि तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने बासी मुखको पानी पिउनाले फाइदा हुन्छ । यसले शरीरलाई डिटोक्स गर्छ र बढ्दो तौललाई नियन्त्रणमा राख्छ । बासी मुखको पानी पिउनाले भोक पनि कम हुन्छ ।
बासी मुखको पानी पिउँदा कपाल बलियो हुन्छ र कपालमा चमक आउँछ । पानीले शरीरलाई हाइड्रेटेड राख्छ, जुन कपालको स्वास्थ्यका लागि आवश्यक हुन्छ । यसका साथै बासी मुख पानी पिउनाले मन शान्त रहन्छ ।
अपच, अमिलो डकार, पेट दुख्ने, जलन हुने समस्याले सताएको व्यक्तिले बासी मुखको पानी पिउनुपर्छ । यसले शरीरको एसिडिटीको स्तर घटाउँछ र तपाईंको पाचन प्रणाली पनि राम्रोसँग काम गर्छ । र राति सुत्नुअघि एक गिलास मनतातो पानी पिउनाले बिहान पेट राम्रोसँग सफा हुन्छ ।
बासी मुखको पानी पिउँदा शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ, जसका कारण अनुहारमा पिम्पल, चाउरी जस्ता समस्या कम हुन्छ ।