You are currently viewing आलु र प्याज लोड रहेको मिनी ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

आलु र प्याज लोड रहेको मिनी ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, ७ माघ,

बिल बिजक भन्दा बढी आलु र प्याज बोकेको माल बाहक मिनी ट्रक वीरगञ्जबाट मकवानपुरतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रण लिइएको छ ।

सूचनाको आधारमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मिना बजार स्थित सडकखण्डमा बा.प्र.०३-००१ ख ०३३२ नम्बरको मालवाहक मिनीट्रकलाई रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी आलु र प्याज लोड रहेको तथा सो बिल बिजक संकास्पद देखिएको हुँदा उक्त गाडीलाई नियन्त्रणमा गरिएको छ ।

अन्दाजी मुल्य रू. १ लाख २४ हजार ५ सय ६० रुपैयाँ बराबरको मिनीट्रक भित्र लोड रहेको आलु र प्याज नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply