You are currently viewing इजरायललाई समर्थन गर्दा अमेरिकी दूतावासमा ३ रकेटले घातक हमला

इजरायललाई समर्थन गर्दा अमेरिकी दूतावासमा ३ रकेटले घातक हमला

नेभा, २२ मंसिर,

इजरायल र हमास बिचको युद्धमा प्रधानमन्त्री नेतन्याहुलाई समर्थन गर्नु अमेरिकालाई महँगो परिरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको यो कदमलाई लिएर इस्लामिक देशहरूमा ठूलो आक्रोश छ । यस्तो अवस्थामा चरमपन्थी इस्लामिक संगठनहरूले लगातार अमेरिकालाई निशाना बनाउँदै आएका छन् ।

केही दिनअघि लाल सागरमा अमेरिकी युद्धपोतलाई निशाना बनाएपछि एकै हप्तामा दोस्रो पटक अमेरिकी दूतावासमा ठूलो हमला भएको छ । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा यो हमला गरिएको हो ।

जानकारी अनुसार बगदादस्थित अमेरिकी दूतावासमा ३ रकेट प्रहार गरिएको थियो । जसका कारण दूतावास ध्वस्त भएको छ । यद्यपी यस अवधिमा कुनै हताहतको खबर आएको छैन ।

Leave a Reply