You are currently viewing पोखरीमा डुवेर १८ वर्षीय बालिकाको मृत्यु

पोखरीमा डुवेर १८ वर्षीय बालिकाको मृत्यु

नेभा, इलाम, २५ जेठ,

इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ स्थितमा रहेको ऐना पोखरीमा डुवेर स्थानिय १८ वर्षीय बिनिता जोगीको मृत्यु भएको छ ।

स्थानिय मन ब. जोगी को छोरी १८ वर्षीय बिनिता जोगी, बिष्णु लिम्बुको छोरी १८ कि रोजिना साम्बा लिम्बु र उनकै बहिनी १७ कि रोशा साम्बा लिम्बु ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउदै गरेको अवस्थामा रोजिना साम्बा लिम्बु पोखरीको डिलबाट चिप्ली पोखरीमा खस्न लाग्दा उनलाई हातमा समाती निकाल्ने क्रममा बिनिता जोगी एक्कासि हुत्तिएर पोखरीमा डुबि मृत्यु भएको थियो ।

जानकारी प्रहरी चौकी पेल्टीमारीमा प्राप्त हुनासाथ प्रहरी टोली खटि JCB को सहायताले पोखरीको पानी बाहिर निकाली बालिकालाई मृत अवस्थामा फेला पारेको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, इलामबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply