You are currently viewing साउदी अरबमा विवादास्पद ट्वीट गरेको आरोपमा अमेरिकी नागरिकलाई १६ वर्षको जेल सजाय

साउदी अरबमा विवादास्पद ट्वीट गरेको आरोपमा अमेरिकी नागरिकलाई १६ वर्षको जेल सजाय

नेभा, २ कार्तिक,

एक अमेरिकी नागरिकलाई साउदी अरबमा विवादास्पद ट्वीट गरेको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको छ । अमेरिकी नागरिकका छोराले यो जानकारी दिएका हुन् । अमेरिकी नागरिक साद इब्राहिम अल्मादीले करिब सात वर्षअघि अमेरिकामा रहँदा यो ट्विट गरेका थिए । वाशिंगटन पोस्टको समाचारको पुष्टि गर्दै, इब्राहिमका छोराले एसोसिएटेड प्रेसलाई भने कि उनका बुबा सेवानिवृत्त “प्रोजेक्ट म्यानेजर” थिए र फ्लोरिडामा बस्थे ।

उनी गत नोभेम्बरमा परिवारलाई भेट्न साउदी अरब गएका थिए र पक्राउ परेका थिए । अल्मादी अमेरिका र साउदी अरबका नागरिक हुन् । साउदी अधिकारीहरूले यस विषयमा अहिलेसम्म कुनै बयान जारी गरेका छैनन् ।

अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले वासिङ्टनमा पत्रकारहरूसँगको कुराकानीमा अल्मादीलाई हिरासतमा लिइएको पुष्टि गरे । “हामीले निरन्तर साउदी सरकारको उच्च कमाण्डलाई हाम्रो गम्भीर चिन्ता व्यक्त गरेका छौं र हामी त्यसो गरिरहनेछौं,” पटेलले भने । हामीले हिजो पनि साउदी अरेबियाका सरकारका सदस्यहरूसँग यो मुद्दा उठाएका थियौं ।

इब्राहिमका छोराले आफ्ना बुबालाई सात वर्षअघि गरेको ‘केही साना ट्वीट’का कारण पक्राउ गरिएको बताए । त्यसमा उनले सरकारको नीति तथा भ्रष्टाचारको आलोचना गरेका थिए ।

Leave a Reply