You are currently viewing कुटपिट अंगभंग मुद्दाको फरार प्रतिवादी पक्राउ

कुटपिट अंगभंग मुद्दाको फरार प्रतिवादी पक्राउ

नेभा, उदयपुर, ७ माघ,

एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबिता बि.क. भन्ने युवती हुन् ।

ईलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिला र प्रचौ भागलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले कुटपिट अंगभंग मुद्दामा ५ महिना २ दुई दिन कैद सजाय  र २ हजार जरिवाना तोकिएको हुँदा निज सबिता फरार भएकी थिन ।

जिल्ला, उदयपुर बेलका नगरपालिका वडा नम्बर २ बस्ने ३२ वर्षकी सबिता बि.क. लाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला, अदालत पठाएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply