जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३० वर्षको अस्फाक अन्सारीलाई जवरजस्ती करणी मुद्दामा बाँके जिल्ला, अदालतको साल २०६८ कार्तिक ८ गतेको फैसलाले १ वर्ष ७ महिना ६ दिन कैद सजाय तोकिएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेको थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलिले आज जेष्ठ १ गते निजलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।