माघ १० गते देखि १४ गते सम्म बिभिन्न स्थानहरुबाट जिल्ला प्रहरी रौतहट कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ति टोलिले भारतबाट अबैध रुपमा भंसार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको समानहरु बरामद गरेको छ ।
भारतिय नम्बरको मोटरसाइकल ४ वटा अन्दाजी मूल्य रु. ४ लाख र किराना, लत्ताकपडा, मोबाईल लगायतका सामानहरु अन्दाजी मुल्य रु. १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ गरी जम्मा मुल्य रु. ५ लाख ३४ हजार ९ सय ५० रुपैयाँ बराबरको सामानहरु नियन्त्रणमा लिईएको कुरा जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
उक्त गाडीहरु र समानहरुलाई आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालय रौतहटमा दाखिला गरिएको छ ।