You are currently viewing दुई फरक ठाउँको एम्बुलेन्सबाट गाँजा बरामद, एकमा ५२ किलो भने अर्कोमा २७३ किलो

दुई फरक ठाउँको एम्बुलेन्सबाट गाँजा बरामद, एकमा ५२ किलो भने अर्कोमा २७३ किलो

नेभा, बिराटनगर, १३ फागुन,

एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने १ जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिकाको वडा नम्बर ६ भेडेटारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने बिराटनगर महानगरपलिका वडा नम्बर ८ का ४८ वर्षको जयदेव चेल भन्ने व्यक्ति हुन् ।

एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ किलो गाँजा बरामद गरेको छ ।

लागूऔषध गाँजा बरामद भए संगै चालक चेललाई पनि पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कुरा पदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

बिरामीहरुलाई ल्याउने लैजाने एम्बुलेन्समा पनि गाँजा जस्तो लागूऔषधको ओसार पसार भइरहेको छ । सुनसरीको बराहक्षेत्रमा पनि एम्बुलेन्स भित्र गाँजा भेटिएको हुँदा उक्त एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ स्थीतको  चतराबाट को १ च २९३७ नम्बरको एम्बुलेन्स भित्र ९ वटा पोकामा २७३ किलो गाँजा भेटिएको कुरा सुरक्षा बेस चतराले जनाएको छ । नियन्त्रणमा लिइएको गाँजा तथा एम्बुलेन्स कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।

Leave a Reply