हङकङको एक भवनमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । हङकङको जोर्डन छिमेकमा रहेको न्यू लकी हाउस नामक भवनमा आगलागी भएको हो । तीन पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ । प्रहरीले अझै पनि भवनभित्रका मानिसहरूले मद्दतको माग गर्दै कलहरू प्राप्त गरिरहेको बताएको छ ।
आगलागी हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । हङकङको न्यु लकी हाउस नामक भवनमा आगलागी भएको हो । घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले अझै पनि भवनभित्रका मानिसहरूले मद्दतको माग गर्दै कलहरू प्राप्त गरिरहेको बताएको छ ।
अधिकारीहरूका अनुसार आगलागी भएको खबर आएपछि अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । साउथ चाइना मर्निङ पोस्टसहितका स्थानीय मिडियाले पहिलो तलाको जिममा आगलागी भएको र नियन्त्रणमा लिइएको जनाएको छ ।