You are currently viewing मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने व्यक्तिहरु पक्राउ

मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने व्यक्तिहरु पक्राउ

नेभा, मोरङ, २९ मंसिर,

प्र.१-०२-००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी वडा नम्बर  ४ मा बस्ने २८ वर्षको सुनिल राजबंशीले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको र निजलाई नियन्त्रणमा लिने क्रममा अभद्र व्यवहार समेत गरेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

निजलिई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र ब्यवहार कसूरमा दिन ७ म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

मंसिर ५ गते को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नम्बर ५ मा बस्ने २९ वर्षको सफल मुर्मु सतारले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाई को २५ प २३६८ नम्बरको स्कुटरलाई ठक्कर दिनुका साथै अन्य मोटरसाईकल र पसलको सटरमा समेत क्षति पुर्याएको कसूरमा पक्राउ गरी अभद्र ब्यवहार कसूर अन्तर्गत अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय मोरङबाट रू १० हजार धरौटी माग गरिएको छ ।

एम्बुलेन्स जस्तो संवेदनशील सेवामा समेत मादक पदार्थ एवं लागु पदार्थ सेवन गरी सवारी चलाई विरामी र सडक प्रयोगकर्ताहरूलाई जोखिम पुर्याउने प्रवृति देखिएकोले सो लाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले शुन्य सहनशिलताको नीति अख्तियार गर्दै कानूनको दायरामा ल्याउने अभियान संचालन गरेको कुरा जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply