You are currently viewing वीरगञ्जबाट ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगञ्जबाट ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

साउन २६, वीरगञ्ज: पर्साको वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साँझ ६:३० बजे आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डरना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर खानतलासी गर्दा चार जनाको साथबाट उक्त रकम बरामद भएको हो।

पक्राउ पर्नेमा भारत, बिहारको सीतामढी जिल्ला, डुमरा थाना–६ निवासी २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका–१, प्रसौनी निवासी ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफपर्सा विन्दवासिनी गाउँपालिका–१, झौवागुठी निवासी २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट क्रमशः सुरज कर्णको १ लाख रुपैयाँ, उपेन्द्र साहको १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको १६ लाख रुपैयाँ बरामद गरेको जनाएको छ।

बरामद रकममा १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

नगदसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा राखेर रकमको स्रोत तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: नेपाल प्रहरी

Leave a Reply