You are currently viewing एन्जल डिलक्स बसमा सवार वेपता मध्ये हाल सम्म २ जनाको शव मात्र फेला

एन्जल डिलक्स बसमा सवार वेपता मध्ये हाल सम्म २ जनाको शव मात्र फेला

नेभा, पर्सा, ३१ असार,

असार २८ गते चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल स्थितमा बीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेका यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।

बा.प्र.०३-००६ख १५१६ नम्बरको यात्रुवाहक एन्जल डिलक्स बस अबिरल वर्षा तथा पहिरोका कारण दुर्घटना भइ उक्त बसमा सवार यात्रीहरू त्रिसुली नदीमा खसी वेपता भएका थिए ।

बेपत्ता भएकाहरु मध्ये अहिले सम्म दुईजना मात्र मृत अवस्थामा फेला परेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

भारत बस्ने सजाद अन्सारी चितवन जिल्लाको गैडाकोट नगरपालिका वडा नम्बर ७ गैरी स्थित नारायणी नदीको किनारमा मृत फेला परेका थिए ।

चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर १ बस्ने बिकाश परियार गैडाकोट नगरपालिका वडा नम्बर ७ गैरी स्थित नारायणी नदीको किनारमा मृत फेला परेका थिए ।

Leave a Reply