You are currently viewing २० करोड भन्दा बढीको कोकिन जस्तो देखिने पदार्थ सहित मलेसियन नागरिक पक्राउ

२० करोड भन्दा बढीको कोकिन जस्तो देखिने पदार्थ सहित मलेसियन नागरिक पक्राउ

नेभा, काठमाडौं, ३० असार,

काठमाडौं जिल्लाको महानगरपालिका वडा नम्बर २९ ठमेल स्थित एक होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले एकजना मलेसियन महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष प्रहरी टोली र प्रहरी वृत्त लैनचौरको संयुक्त टोली Kathmandu City Hotel को एक कोठामा गई सो कोठाको चेकजाँच तथा खानतलासी गर्दा ६ वटा स्कुल ब्यागमा False Bottom बनाएर राखेको लागूऔषध कोकिन जस्तो देखिने पदार्थ बरामद भएको थियो ।

पक्राउ पर्ने जोहोर, मलेसिया बस्ने ४७ वर्षीया मलेसियन महिला Bathumalai Vadivaloo रहेकी छिन् । निज महिलाको ब्यागहरुमा कोकिन जस्तो देखिने पदार्थ ५ किलो ८ सय २० ग्राम बरामद भएको छ भने उक्त कोकिनको मूल्य अन्दाजी रू. २० करोड ३७ लाख रहेको कुरा प्रहरीले जनाएको छ ।

उक्त बिदेशी नागरिकलाई नियन्त्रणमा लिई प्रहरी वृत्त, लैनचौरबाट थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Leave a Reply