You are currently viewing अबैध भन्सारबाट ल्याइएका १० लाख बढीको समानहरु बरामद

अबैध भन्सारबाट ल्याइएका १० लाख बढीको समानहरु बरामद

नेभा, बाँके, १९ असार,

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर २१ बसन्त मल्ल चोक नजिक वडा प्रहरी कार्यालय, नेपालगंजबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको सामानहरु नियन्त्रणमा लिएको छ ।

प्रहरीले ९ हजार २ सय ८० पिस जम्मा अन्दाजी मुल्य रु. १० लाख ५ हजार बराबरको Mobile Screen Guard फेला पारी नियन्त्रणमा लिएको थियो ।

साथै ढुवानीमा प्रयोग गरिएको २ थान मोटरसाईकल र ३ थान साईकल सहित बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, नेपालगंज बाँकेमा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply