You are currently viewing बीस लाख भन्दा बढीको दुहुना भैसी, पिकअप र कपडाहरू पर्सा प्रहरीको नियन्त्रणमा

बीस लाख भन्दा बढीको दुहुना भैसी, पिकअप र कपडाहरू पर्सा प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, १५ चैत,

चैत १३ गते जिल्ला, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छप्कैया स्थितबाट भन्सार छली चोरी तस्करी गरी भित्राइएको रु. ४ लाख ५१ हजार बराबरको कुर्ता सुरवाल, कार्पेट र कुर्ता सुरवाल बनाउने थान कपडाहरूलाई प्रहरी द्वारा नियन्त्रणमा लिइएको थियो ।

चैत १४ गते जिल्ला, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोक स्थितबाट ना.५ च ३३८६ नम्बरको पिकअपमा दुहुना भैंसी २ वटा र पाडा १ वटा भारतबाट भन्सार छली चोरी तस्करी गरी वीरगञ्जबाट नवलपरासीतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

भैंसी साहु जिल्ला, पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षको जोतनारायण यादव समेतलाई पक्राउ गरिएको थियो ।

निजलाई नियन्त्रणमा लिई उल्लेखित नम्बरको पिकअप, भैंसी र पाडालाई चैत १४ गते आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply