You are currently viewing फेसन डिजाइनरको शङ्कास्पद मृत्यु, सुत्ने कोठामा भेटियो कार्बन मोनोअक्साइड सिलिन्डर

फेसन डिजाइनरको शङ्कास्पद मृत्यु, सुत्ने कोठामा भेटियो कार्बन मोनोअक्साइड सिलिन्डर

नेभा, २९ जेष्ठ,

चर्चित फेसन डिजाइनर प्रत्युषा गरिमेला तेलंगानाको बंजारा हिल्सस्थित उनको घरमा मृत फेला परेकी छिन् । तेलंगाना प्रहरीले प्रत्युषाको सुत्ने कोठाबाट कार्बन मोनोअक्साइड सिलिन्डर बरामद गरेपछी शंकास्पद अवस्थामा मृत्युको धारामा मुद्दा दर्ता गरेको छ ।

टलिउड फेसन डिजाइनर प्रत्युषा गरिमेलाको शव शनिबार हैदराबादको बंजारा हिल्सस्थित उनको अपार्टमेन्टको बाथरूममा फेला परेको थियो । प्रत्युषाको कोठाबाट कार्बन मोनोअक्साइडको सिलिन्डर पनि फेला परेको थियो, जसलाई प्रहरीले मृत्युअघि गरिमेलाले सुँघेको हुन सक्ने आशंका गरेको थियो ।

प्रत्युषा डिप्रेशनबाट पीडित थिइन् । यद्यपी यस विषयमा अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि उस्मानिया अस्पताल पठाइएको छ ।

प्रत्युषाले अमेरिकामा फेसन डिजाइनिङको अध्ययन गरेकी थिइन् र आफ्नो करियर हैदराबादबाट सुरु गरेकी थिइन् । उनले 2013 मा आफ्नै नाम बाट एक लेबल सुरु गरे र त्यसपछि प्रत्युषाले कहिल्यै पछाडि फर्केर हेरेनन् । शीर्ष फेसन डिजाइनर गरिमेलाले टलिउड र केही बलिउडका धेरै ठूला व्यक्तित्वहरूका लागि पनि काम गरिन् ।

Leave a Reply