सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ की २१ वर्षीय कल्पना बिश्वाकर्मालाई नवजात शिशु जन्माई हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत आइतबार बिश्वाकर्माले साल नाल सहितको बच्चा जन्माई हत्या गरी आफ्नै घर देखि करिब २०० मिटर टाढा रहेको खोल्सीमा लगी पात पत्ङिगरले छोपेको थियो ।
जानकारी प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोलीले घटनामा संलग्न बिश्वकर्मालाई नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।