कोभिड-१९ को महामारीको खतरा अझै पूर्ण रूपमा टरेको छैन । पछिलो तुलनामा अहिले यसका केस कम भए पनि मानिसहरु यसको सिकार भइरहेका छन् ।
अहिले बलिउडका दिग्गज अभिनेत्री तथा राजनीतिज्ञ किरण खेर कोभिड-१९ को सिकार भएकी छिन् । उनले आफ्नो अफिसियल सामाजिक सञ्जाल ह्यान्डलमा आफ्नो स्वास्थ्यसम्बन्धी अपडेट सेयर गरेकि छिन् । किरण बलिउडका दिग्गज अभिनेता अनुपम खेरको पत्नी र अभिनेता सिकन्दर खेरको आमा हुन् ।
अभिनेत्री किरण खेरले आफ्नो रोगबारे ट्वीट गर्दै भनिन्, “मलाई कोभिड पोजिटिभ भेटिएको छ । त्यसैले जो कोही मेरो सम्पर्कमा आए, कृपया आफ्नो परीक्षण गराउनुहोस् ।” यो पोस्ट सार्वजनिक भएदेखि नै मानिसहरू, उनका फ्यान र फलोअरहरूले अभिनेत्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।