माघ ८ गते अयोध्यामा राम मन्दिरको स्थापना हुन गइरहेको हुनाले सो दिन बीरगंज महानगरपालिका भित्र माछामासु तथा मदिरा बिक्री गर्न निषेध गरिएको छ ।
सोमबारको दिन मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारी सोहि दिन बीरगंजको मुटु भनि चिनिने घडिअर्वा पोखरीको दक्षिण धोकातर्फ रहेको रामजानकी मन्दिरमा भगवान रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठाको कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रम रहेको हुनाले सो दिन बीरगंज महानगर क्षेत्रभित्र कुनै पनि पशुपंक्षी, जीवजन्तु आदिको वध, मदिरा माछामासुको बिक्री वितरण लगायतका कार्यहरु नगरिदिनु हुन सबैलाई गरिएको छ ।
यदि उक्त जारी सूचनाको अटेर गरी त्यस्ता कार्य गरेको पाइएकोमा नियमानुसार कारवाही गर्ने कुरा निमित् प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जनाएका छन् ।