४७ ओँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा नेपाली काग्रेस क्षेत्र नं २ ले वीरगंजकाे नारायणी अस्पतालमा फलफुल वितरण गरेकाे छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालामाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज नेपाली काँग्रेस क्षेत्रीय समिति पर्साले मेलमिलाप दिवस मनाएकाे छ ।
नारायणी अस्पतालमा रहेका २०० विरामी तथा कुरुवालाइ फलफुल तथा खाने समाग्री वितरण गरेकाे हो । नेपाली काँग्रेसका सांसद तथा पुर्व मन्त्रि अजय कुमार चाैरसियाले मन्तब्य राख्दै राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि आजैका दिन वी.पी काेईराला लगायत नेता नेपाल फर्कनु भएको थियाे ।
देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेशमै फर्कनुभएको जिकिर नेपाली काँग्रेसका सासद तथा पुर्व मन्त्रि अजय कुमार चाैरसियाले गरे । देश एकिकरणका लागि नेपाली काग्रेसका संस्थापक अध्यक्षलगायतका नेताहरुले गरेकाे याेग्दानकाे कदर काँग्रेसीहरुले बिर्सेकाे बताए ।
आफ्नाे स्वार्थका लागि एक अर्कासंग विभाजित भएर बसेकाे भन्दै क्षेत्रिय सभापति माेहम्मद सहाबुदिनले नेपाली जनाताका लागि एक भएर राष्ट्रिय समस्या समाधान गर्न आग्रह गरेका थिए । फलफुल तथा खाद्यान्न वितरण समाराेह क्षेत्रिय सभापति माेहम्मद सहाबुदिनकाे अध्यक्षतामा भएकाे कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सांसद तथा पुर्व मन्त्रि अजय कुमार चाैरसिया अतिथिमा प्रदेश सांसद श्याम पटेल , जिल्ला उप सभापति रामनारायण कुर्मी, क्षेत्र नं २ का सचिव रञ्जित पटेल, बुथ ३ का सभापति शेख निजामुदिन लगायतका नेता तथा कार्यक्रताकाे उपस्थिति रहेकाे थियाे ।