You are currently viewing मोरङमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु

मोरङमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु

मोरङ, चैत्र २६ गते ।

मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानिय ७९ वर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका निजलाई उपचारको लागि बिराटनगर नोबेल अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बसका चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर २० का बल बहादुर लिम्बुलाई ईलाका प्रहरी कार्यालय, बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply