You are currently viewing फेसबुकबाट नाबालिकाको चरित्र हत्या गर्ने महर्जन पक्राउ

फेसबुकबाट नाबालिकाको चरित्र हत्या गर्ने महर्जन पक्राउ

नेभा, काठमाडौं, २१ माघ,

नाबालिकाको नाम र तस्विर राखी फेक फेसबुक एकाउन्ट बनाई सामाजिक सञ्जालमा रहेका साथीहरुलाई साही एकाउन्टको म्यासेन्जरबाट अश्लील म्यासेजहरु पठाई नाबालिको मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या समेत गरेकोले पीडित नाबालिकाको आफन्तले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा निवेदन दिनुभएको थियो ।

सो सम्बन्धमा अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दै जाने क्रममा उक्त कार्य गर्ने व्यक्ति जिल्ला काठमाडौं, किर्तीपुर नगरपालिका वडा नम्बर १० मानाटोल स्थायी वतन भई बस्ने ३७ वर्षको राजकुमार महर्जन खुल्न आएको हुँदा निजलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं महानगरपालिका वडा नम्बर २७ भाटाहिटी चोकबाट माघ १८ गते पक्राउ गरीएको कुरा प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जनाएका छन् ।

काठमाडौं जिल्ला, अदालतबाट दिन सात म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

Leave a Reply