You are currently viewing चोरीको मोटरसाइकल र मास्टर कि सहित ६ जना पक्राउ

चोरीको मोटरसाइकल र मास्टर कि सहित ६ जना पक्राउ

नेभा, मकवानपुर, ६ जेष्ठ,

विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरुको खोजतलास गर्ने एवं चोरी नियन्त्रण गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय, मकवानपुर तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ६ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

जेठ २ गते जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ स्थितबाट सोहि वडा नम्बर १५ बस्ने २० वर्षको मिलन पाख्रिन, सोहि वडा नम्बर १६ बस्ने ३० वर्षको रत्न बहादुर गोलेलाई बा.प्र.०२-०३ प २१९६ नम्बरको नम्बर प्लेट राखेको अवस्थामा चोरीको मोटरसाइकल समेत फेला पारी सोधपुछ गरिएको थियो ।

सोधपुछ गर्दा उक्त मोटरसाइकल सोहि ठाउँ बकैया गांउपालिका वडा नम्बर ८ बस्ने १९ वर्षको संजिव भोलनले बिक्री गरेको भनि बताएकोले निज संजिव भोलनको समेत खोजतलास गर्ने क्रममा निज संजिव भोलनको साथबाट समेत बागमती प्रदेश ०२-०४१ प ३९०८ नम्बर प्लेट भएको २२० सि.सि.को चोरीको मोटरसाइकल फेला परेको थियो ।

फेला पारी अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकलहरु जिल्ला, मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षको रमेश लोप्चन र सोहि ठाउँको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ बस्ने २९ वर्षको सुवाश बोम्जनले दिएको भनि बताएको थियो ।

साथै संजिव भोलनको साथबाट फेला परेको मोटरसाइकलको सम्पुर्ण पार्टपुर्जाहरु उक्त हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने अशोक स्याङतानलाई बिक्रि गरेको भनि बताएको र निज अशोक स्याङतानले आफुले प्रयोग गर्ने ना २० प ७७६८ नम्बरको मोटरसाइकलमा उक्त पार्टपुर्जाहरु राखि स्वरुप परिवर्तन गरेको छ भनि समेत बताएको हुंदा निजहरु मिलन पाख्रिन, रत्न बहादुर गोले, संजिव भोलन,रमेश लोप्चन र अशोक स्याङतान समेतलाई पक्राउ गरिएको थियो ।

चोरी मुद्दामा मकवानपुर जिल्ला, अदालत हेटौडाबाट लिई अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । साथै अन्य चोरी भई आएका बा.प्र.०२-०३८ प ७५८१ नम्बरको NS र बा.प्र.०२-०३३ प ६०२० नम्बर Duke मोटरसाइकल समेत उक्त कार्यालयमा ल्याई अनुसन्धान भइ रहेको छ ।

Leave a Reply