You are currently viewing प्रहरीको सफलता, ३ जना चोरहरु पक्राउ

प्रहरीको सफलता, ३ जना चोरहरु पक्राउ

नेभा, काठमाडौं, २० मंसिर,

मंसिर ५ गते काठमाडौं जिल्लाका महानगरपालिका वडा नम्बर ९ गौशालामा रहेको बालकृष्ण श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा रू. १३ लाख ५० हजार बराबरको धनमाल चोरी गरी लगेको घटना अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न भारत देश बिहार राज्य, समस्तिपुर जिल्ला, मुरातपुर ग्राम रुसरा थाना स्थायी घर भई हाल काठमाडौं जिल्लाका महानगरपालिका वडा नम्बर ८ तिलगंगा बस्ने बैजनाथ पोदारको छोरा २१ वर्षको कृष्ण पोदारको संलग्नता रहेको खुल्न आएकोले निजलाई प्रहरीले पक्राउ गरेको छ ।

अझै थप अनुसन्धान गर्दै जाँदा भारत देश मोतीहारी जिल्ला राजापुर घर भई हाल काठमाडौं जिल्लाको सोही ठाउँ तिलगंगामा बस्ने बिनोद गिरीको १९ वर्षको छोरा फ्रुटी भन्ने किसन गिरी र जिल्ला काठमाण्डौ नागार्जुन नगरपालिका वडा नम्बर ६ सितापाईला घर भएका ईन्द्र बहादुर बिश्वकर्माको ३० वर्षको छोरा बिक्रम गर्तौला समेतका व्यक्तिहरुलाई मंसिर १९ गते काठमाडौं जिल्ला सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको छ ।

निजहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत गौशाला पठाईएको खबर प्रवक्ता तथा सूचना अधिकृत, प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी गराइएका छन् ।

Leave a Reply