काबुल एजुकेशन सेन्टरमा भएको विस्फोटमा ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको केही दिनपछि सोमबार अफगानिस्तानको राजधानीको पश्चिमी भागमा अर्को विस्फोट भयो, जसमा ५३ जनाको मृत्यु भयो ।
मारिएका ५३ मध्ये ४६ बालिका र महिला रहेका छन् । विस्फोट धेरै जनसंख्या भएको शहीद मजारी क्षेत्रमा भएको हो ।
विष्फोटबारे तालिवान अधिकारीहरूले अहिलेसम्म कुनै बयान जारी गरेका छैनन् । काज एजुकेशनल सेन्टरमा भएको आत्मघाती बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको संयुक्त राष्ट्रसंघीय मिसनले आज बताएपछि विस्फोटको रिपोर्ट आएको हो ।