जिल्ला सिरहा साविक बेल्हा गाउँ विकास समिति वडा नम्बर ३ हाल कल्याणपुर नगरपालिका वडा नम्बर १२ बस्ने अन्दाजी ५६ वर्षको मोहम्मद ईब्राहिम मियालाई सम्मानित उच्च अदालत जनकपुर राजविराज ईजलासको २०७५ पुष महिना १८ गतेको फैसलाले खुन डाका मुद्दामा २० वर्ष कैद सजाय जन्म कैद तोकिएकोमा निज फरार भएका थिए ।
गोप्य सुचनाको आधारमा निजलाई पुष ९ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नम्बर ७ अस्पताल स्थितबाट पक्राउ गरेको छ ।
उक्त व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान पश्चात पुष ११ गते सिरहा जिल्ला अदालमा पेस गरि अदालतको आदेश अनुसार निज मोहम्मद ईब्राहिम मियालाई कैद भुक्तानको लागि सिरहा कारागार पठाईएको कुरा प्रहरी निरिक्षक उदयभान द्विवेदीले जनाएका छन् ।