जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १ टुडिखेल मैदान स्थितमा विदेशी नागरिकले विना अनुमति ड्रोन क्यामेरा उडाई रहेको हुँदा उक्त व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय, बगरबाट खटिएको प्रहरी टोलीले चिनका नागरिक २५ वर्षका चेन देङ सेङले बिना अनुमती ड्रोन उडाई भिडियो बनाई रहेको अवस्थामा फेला पारी ड्रोन क्यामेरा सहित नियन्त्रणमा लिएको छ ।
निजलाई पक्राउ पारी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।