You are currently viewing कक्षा १२ को प्रश्न पत्र आउट गर्ने २ जना व्यक्तिहरु पक्राउ

कक्षा १२ को प्रश्न पत्र आउट गर्ने २ जना व्यक्तिहरु पक्राउ

नेभा, कास्की, १८ बैशाख,

बैशाख १६ गते जिल्ला कास्कीको पोखरा महानगरपालिका ११ फुलबारी स्थित शिवशक्ति मा. वि. मा संचालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्न पत्र विद्युतीय माध्यमबाट बाहिरिएको थियो ।

प्रश्न पत्र बाहिरिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय, रामबजार र तालुक गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरी टोलिले कक्षा १२ को परीक्षामा प्रश्न पत्र आउट गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरु जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारी बस्ने ३९ वर्षको नारायण बास्तोला र सोही ठाउँमा बस्ने ३७ वर्षको रामचन्द्र बास्तोला हुन् । निजहरुलाई कक्षा १२ को थप उत्तर पुस्तीका ८ थान र मोबाइल ३ थान सहित पक्राउ गरीएको छ ।

शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको कुरा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जनाएका छन् ।

Leave a Reply