जिल्ला सिन्धुपालचोक घर भई हाल जिल्ला भक्तपुर गोठाटार बस्ने २ वर्षकि परिवर्तित नाम परिसरलाई पुष १० गते काठमाडौं जिल्ला गौशालाबाट अपहरण भएको थियो ।
अपहरण भएको ब्यहोराको निवेदन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त हुन आएकोले उक्त निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा निज बालिकालाई अपहरण भएको ३६ घण्टा भित्र जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ३ बालकोट पानीटंकीबाट आज यस कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा सकुशल उद्दार गरेको छन् ।
उद्दार गरि पिडितलाई जिम्मा लगाई उक्त कार्यमा संलग्न जिल्ला रामेछाप घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट पानीटंकी बस्ने ३७ वर्षको राज नेपाललाई पक्राउ गरीएको छ ।
निजलाई पक्राउ गरि थप अनुसन्धान एंवम कार्वाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको कुरा प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।